ओटीटीमा रिलिज हुँदै तापसी अभिनीत ‘ब्लर’

हिमाल प्रेस १३ मंसिर २०७९ १४:४५ | Tuesday, November 29, 2022

काठमाडौँ- बलिउड अभिनेत्री तापसी पन्नू अभिनीत फिल्म ‘ब्लर’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा तापसी र गुलसन देवैया मुख्य भूमिकामा छन्।

फिल्ममा तापसीले दोहोरो भूमिका निर्वाह गरेकी छन्। फिल्म हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ।

‘पिंक’, ‘नाम सबाना’, ‘मुल्क’, ‘थप्पड’लगायत फिल्ममा सानदार अभिनय गरेकी तापसीले पछिल्लो समय लगातार असफलता भोगिरहेकी छन्। उनका ‘रश्मि रकेट’, ‘लुप लपेटा’, ‘शाबास मिठू’ फिल्म फ्लप भएका छन्।

फिल्मकी सह-निर्मातासमेत रहेकी तापसी यसपटक जोखिम मोल्ने सोचमा छैनन्। त्यसैले उनले फिल्म ‘ब्लर’लाई हलमा भन्दा ओटीटीमा रिलिज गर्दैछिन्। फिल्म डिसेम्बर ९ मा ओटीटीमा प्रदर्शनमा आउनेछ।

यसबाहेक तापसी तमिल फिल्म ‘एलियन’सँगै ‘वो लडकी कहाँ है?’, ‘डंकी’लगायत हिन्दी फिल्ममा देखिनेछिन्।

प्रकाशित: १३ मंसिर २०७९ १४:४५ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast