उपनिर्वाचन आचारसंहिता लागू

हिमाल प्रेस २४ चैत २०७९ १०:२२
4
SHARES
उपनिर्वाचन आचारसंहिता लागू

काठमाडौँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज (शुक्रबार)देखि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा २ अनुसार चितवन, बारा र तनहुँमा आचारसंहिता लागू हुने भएको हो।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न समाजिक सञ्जालको उपयोगको विषयमा विशेष सतर्कता अपनाउन निर्वाचनलाई प्रभाव पार्ने गरी गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न/नगराउन तथा यस्ता सामग्रीमा सेयर, लाइक वा कमेन्ट गर्ने जस्ता कार्य समेत नगर्न/नगराउन स्वदेश तथा विदेशमा रहेका सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत आयोगले आह्वान गरेको छ।

क-कसलाई लाग्छ आचारसंहिता ?

(क)नेपाल सरकार र नेपाल सरकारका मन्त्री,

(ख)प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,

(ग)संवैधानिक निकाय र सो निकायका पदाधिकारी,

(घ)नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,

(ङ)स्थानीय कार्यपालिका र सोका सदस्य,

(च)सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,

(छ)सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,

(ज)सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,

(झ)राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,

(ञ)उम्मेदवार तथा सम्बन्धित व्यक्ति,

(ट)राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,

(ठ)सार्वजनिक पद धारण गरेको व्यक्ति,

(ड)अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,

(ढ)पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,

(ण)सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,

(त)निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,

(थ)विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,

(द)मतदाता,

(ध)विकास साझेदार संस्था,

(न)सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,

(प)मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,

(फ)निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,

(ब)वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार।

प्रकाशित: २४ चैत २०७९ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast