जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरेका हुन्। महासेठले ३२ हजार २ सय ३६मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याउन सके।
मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जित निकालेका हुन्।
महासेठ २०७४को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। यो जितसँगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो।
प्रकाशित: १३ मंसिर २०७९ ९:४५ | Tuesday, November 29, 2022
प्रतिक्रिया




