गृहमन्त्री बनेका नारायणकाजीले भने : प्रहरी प्रशासनमा भ्रष्टाचार शून्य सहनशीलता अपनाइन्छ

हिमाल प्रेस १७ चैत २०७९ १७:२७ | Friday, March 31, 2023
गृहमन्त्री बनेका नारायणकाजीले भने : प्रहरी प्रशासनमा भ्रष्टाचार शून्य सहनशीलता अपनाइन्छ फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनमा हुने भ्रष्टाचारलाई शून्यमा झार्ने आफ्नो उद्देश्य र लक्ष्य रहेको बताएका छन्। आज शुक्रबार गृहमन्त्रीको कार्यभार सम्हालेपछि भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइने बताएका हुन्।

यसअघि भौतिक पूर्वाधार विकासमन्त्री रहेका उनी आजबाट गृहमन्त्री बनेका हुन्।

उनले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने पनि बताएका छन्। उनले भने, ‘पावर र पहुँ भएकाहरू सहजै प्रहरीको हाकिम कहाँ पुग्ने तर सर्वसाधारण, गरिब निमुखाले आफ्नो समस्या राख्नै नसक्ने अवस्थाको अन्त्य गर्नुछ,’ उनले भने, ‘संविधानलाई हेर्ने, कानुनलाई हेर्ने, जनतालाई हेर्ने’, एउटा निमुखाले सांसद वा मन्त्रीहरुलाई भनेर काम गराउन पनि नसक्ने भन्दै उनले भने, ‘कुनै समस्या भए समाधान गरौंला, तर जनताको सेवा, गरिव र निमुखालाई प्राथमिकता होस्।’

मन्त्री श्रेष्ठले आफू भ्रष्टाचार मुक्त हुने र कुनै पनि कोणबाट भ्रष्टाचार सहन नगर्ने बताए। त्यस्तै समयको ख्याल गर्न पनि उनले सबैलाई निर्देशन दिए।

प्रकाशित: १७ चैत २०७९ १७:२७ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast