नयाँ मन्त्रीहरूले लिए शपथ

हिमाल प्रेस १७ चैत २०७९ १५:४८ | Friday, March 31, 2023
नयाँ मन्त्रीहरूले लिए शपथ

काठमाडौँ- नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नयाँमन्त्रीमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन्।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्। माओवादीबाट भौतिक पूर्वाधार विकासमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई भने गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ।

जसपाको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन्। यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरत्‌सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सूरक्षान्त्री बनेका छन्। नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएकी हुन्।
नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेका छन्।

प्रकाशित: १७ चैत २०७९ १५:४८ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast