उद्योग संगठन मोरङद्वारा वित्तीय साक्षरता कार्यक्रम

हिमाल प्रेस १६ चैत २०७९ १८:२७ | Thursday, March 30, 2023
उद्योग संगठन मोरङद्वारा वित्तीय साक्षरता कार्यक्रम

विराटनगर- उद्योग संगठन मोरङ अन्तर्गतको महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ। महिला उद्यमी तथा व्यवसायीहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको उद्योग संगठनले जानकारी दिएको छ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पूँजीको व्यवस्थापन, आफ्नो सम्पत्ती संरक्षणका साथै भविष्यमा आईपर्ने जोखिमबारे जानकारी गराउने बताए।

महिलाहरूलाई वित्तीय क्षेत्रबाट प्रवाह हुने सेवाबाट लाभान्वित हुन पनि उनले आग्रह गरे। ग्राहकहरूलाई आफूले प्रदान गर्दै आएको सेवा र सुविधाप्रति आकर्षित गर्न वित्तीय साक्षरता अभियानलाई प्राथमिकता दिन वित्तीय संस्थाहरूलाई पनि उनले आग्रह गरे।

महिला उद्यम समितिकी संयोजक प्रतिभा रिजालले वित्तीय साक्षरताले महिला उद्यमी व्यवसायीलाई उपयुक्त निर्णय लिन सक्षम बनाउने बताइन्। त्यसैलाई दृष्टिगत गर्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।

महिला उद्यमी व्यवसायीहरूको वित्तीय क्षेत्रमा पहुँच बढाउन साक्षरता अभियानले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास लिइएको उनले बताइन्। बैंकर्स शर्मिला होमागाईले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनुपर्ने सतर्कता, जोखिमवहन क्षमताबारे जानकारी गराइन्।

कुनै पनि क्षेत्रमा लगानी गर्नुअघि महिला उद्यमी व्यवसायीलाई वित्तीय लक्ष्य निर्धारण अनुरोध गर्दै त्यसबाट आईपर्ने सहजता र चूनौतीलाई पूर्वानुमान गर्न आग्रह गरिन्।
त्यस्तै बैंकर्स समिर श्रेष्ठले प्रविधिका कारण डिजिटल बैंकिङमा सर्वसाधारणको आकर्षण बढ्दोक्रममा रहेकाले मानिसहरूलाई सेवा उपभोग गर्न बैंकसम्म धाउनुपर्ने बाध्यतामा कमी आएको बताए।

महिला उद्यमी व्यवसायीहरूलाई डिजिटल बैंकिङ प्रणालीप्रति अभ्यस्त हुन अनुरोध गर्दै उनले वित्तीय संस्थाले डिजिटल बैंकिङका माध्यमबाट उपलब्ध गराउँदै आएका सेवाबारे पनि जानकारी गराए।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई बढावा दिँदा राज्य प्रणालीप्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने बताइन्।

प्रकाशित: १६ चैत २०७९ १८:२७ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast