मिटरब्याजपीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस् : सांसद शारदादेवी भट्ट

हिमाल प्रेस १६ चैत २०७९ १२:४८ | Thursday, March 30, 2023
मिटरब्याजपीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस् : सांसद शारदादेवी भट्ट

काठमाडौँ- राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले मिटरब्याजपीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताएका छन्।

उनले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताएका छन्। उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरूको उद्घाटन र भाषणमै दिन बिताइरहेको बताए।

भट्टले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गरे। समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरे।
उनले भने,‘सरकार तथा सरोकारवाला निकाय समस्याप्रति गम्भिर नहुँदा मिटरब्याजीको हौसला बुलन्द छ भने पीडित आफ्ना पीडा दबाएर बस्न बाध्य छन्। तर सरकार मौन छ।’

प्रकाशित: १६ चैत २०७९ १२:४८ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast