प्रदीप पौडेल‍‍ भन्छन् : मिटरब्याज आर्थिकमात्रै होइन, सामाजिक अपराध पनि हो

हिमाल प्रेस १५ चैत २०७९ १६:२२ | Wednesday, March 29, 2023
प्रदीप पौडेल‍‍ भन्छन् : मिटरब्याज आर्थिकमात्रै होइन, सामाजिक अपराध पनि हो

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज सामाजिक अपराध भएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले मिटरब्याज आर्थिक अपराधमात्रै नभएर सामाजिक अपराध पनि भएको बताएका हुन्।

उनले मिटरब्याजीहरूले कानुनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताए ।

‘मिटरब्याज आर्थिक अपराध मात्र होइन। यो विषय सामाजिक अपराध हो,’ उनले भने, ‘पहिलो त यो सरासर कानून उल्लंघन गरेर आम विपन्न जनताको अभाव र कानूनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गरेर न्यूनतम पनि तीन गुणा बढीको तमसुक गराएर किसानलाई उसको भूमिदेखि नै बेदख्खल गर्ने कार्य स्वतः कानूनी राज्यको उपहास हो। यो कुनैपनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन।’

प्रकाशित: १५ चैत २०७९ १६:२२ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast