काठमाडौँ- रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ कम्पनीले ‘एक्सचेञ्ज मेला’ सुरु गरेको छ। ग्राहकलाई स्पोट एक्सचेञ्ज, बेस्ट भ्यालुएसन, स्पट फाइनान्सलगायतका सुविधा दिने उद्देश्यले आयोजना गरिएको मेला बुधबारदेखि सुरु गरिएको हो।
मेलामा ग्राहकले क्लासिक ३५० सीसी कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिदमा विशेष अफर अन्तर्गत १५ हजार रुपैयाँ बराबरका जेन्युन मोटरसाइकल एसोसिरिज पाउने कम्पनीले जानकारी दिएको छ।
उक्त सुविधाहरूले ग्राहकलाई पुरानो दुई पांग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने अपेक्षा कम्पनीले गरेको छ। शुक्रबारसम्म चल्ने मेलामार्फत रोयल इन्फिल्डका नेपालभरका शोरूम र डिलरमार्फत आयोजना गरिएको छ।
प्रकाशित: १५ चैत २०७९ १५:३९ | Wednesday, March 29, 2023
प्रतिक्रिया



