प्रतिनिधिसभा बैठकअघि सभामुख र प्रधानमन्त्रीको भेटवार्ता

हिमाल प्रेस १५ चैत २०७९ १०:११
6
SHARES
प्रतिनिधिसभा बैठकअघि सभामुख र प्रधानमन्त्रीको भेटवार्ता फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच अहिले वार्ता केहीबेर अघि सकिएको छ। वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: १५ चैत २०७९ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =