एमजी जेडएस ईभीको बुकिङ खुल्ला

हिमाल प्रेस १४ चैत २०७९ २०:४६ | Tuesday, March 28, 2023
एमजी जेडएस ईभीको बुकिङ खुल्ला

काठमाडौँ- एमजी भेइकलको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्स कम्पनीले नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयूभी एमजी जेड एसयूभीको प्रि–बुकिङ खुल्ला गरेको छ।

उपभोक्तालाई वैशाखबाट डेलिभरी सुरु गर्न सकिनेगरी कम्पनीले बुकिङ खुला गरेको हो। उपभोक्ताले १ लाख डिपोजिट तिरेर बुक गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। उक्त मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्रि क्षमता रहेको कम्पनीको भनाइ छ।

आधा घण्टामै ८० प्रतिशत चार्ज हुने ब्याट्रिले सिंगल चार्जमै ३२० किमिको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार एसयूभीको ब्याट्रिको लाइफ ८ वर्षको रहेको छ।

सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसि, अटो होल्डलगायत फिचरहरू राखिएका छन्। त्यस्तै मनोरञ्जनका लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इञ्चको इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध छन्।

त्यस्तै ड्राइभरका लागि ७ इञ्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डी साउन्ड सिस्टम, ड्राइभरका लागि ६ वे र फ्रन्ट पेसेञ्जरका लागि ४ वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट उपलब्ध छन्।

दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङलगायत फिचरहरू राखिएको कम्पनीले जानकारी दिएको छ।

दुई वटा भेरीयन्टमा उपलब्ध उक्त एसयूभीको कम्फर्ट भेरियन्टको मुल्य ४८ लाख ४९ हजार रुपैयाँ र डिलक्स भेरियन्टको मुल्य ५२ लाख ४९ हजार रुपैयाँ रहेको छ।

प्रकाशित: १४ चैत २०७९ २०:४६ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast