विश्व स्वास्थ्य दिवसमा नर्भिकको सेवामा ३० प्रतिशत छुट

हिमाल प्रेस १४ चैत २०७९ १३:४२ | Tuesday, March 28, 2023
विश्व स्वास्थ्य दिवसमा नर्भिकको सेवामा ३० प्रतिशत छुट

काठमाडौँ– यो वर्षको विश्व स्वास्थ्य दिवस (वर्ल्ड हेल्थ डे)को अवसरमा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ। चैत २५ गते शनिबार नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।

यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क युरिन डिपस्टिक टेस्टको व्यवस्थासमेत गरिएको अस्पतालले जनाएको छ। साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत छुट दिने अस्पतालको भनाइ छ।

त्यसका सथौ प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पीएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ। वरिष्ठ युरोलोजिस्ट डा. सुनिल श्रेष्ठ र युरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा दिने अस्पतालले जनाएको छ।

प्रकाशित: १४ चैत २०७९ १३:४२ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast