मन्त्रालय भागबण्डा नमिलेपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सर्‍यो

हिमाल प्रेस १३ चैत २०७९ २१:२८ | Monday, March 27, 2023
मन्त्रालय भागबण्डा नमिलेपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सर्‍यो

काठमाडौँ- नेपाली कांग्रेसले सरकारमा कसलाई पठाउने टुंगो लाउन नसक्दा केन्द्रीय कार्यसम्पादन बैठक दुई दिन सारेको छ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा कसलाई कुन मन्त्रालय दिने टुंगो लगाउन नसक्दा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी १६ गतेका लागि सारिएको हो।

यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार (चैत १४ गते)का लागि तय गरिएको थियो। सोमबार विज्ञप्ति निकाल्दै कांग्रेसले बैठकको मिति परिवर्तन गरिएको बताएको छ।

स्रोतका अनुसार कांग्रेसभित्र मन्त्रीका आकांक्षी धेरै जना हुँदा कुरा मिल्न सकिरहेको छैन। त्यस्तै आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने विषय पनि कांग्रेसभित्र जटिल बनेको छ।

उपनिर्वाचनका लागि उम्मेदवार छनोटको विषय पनि जटिल बनेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन सारिएको हो।

प्रकाशित: १३ चैत २०७९ २१:२८ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast