गाडीका नक्कली पार्टपुर्जा बिक्री

हिमाल प्रेस १३ चैत २०७९ १६:४३ | Monday, March 27, 2023
गाडीका नक्कली पार्टपुर्जा बिक्री

काठमाडौँ- विभिन्न नाकाहरूबाट अवैधरूपमा गाडीका नक्कली पार्टपुर्जा भित्र्याइ बिक्री गर्ने गरेको पाइएको छ। सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनले गरेको अनुगमनको क्रममा गाडीका पार्टपुर्जाको अवैध कारोबार गर्ने खुलेको हो। अनुगमनकै क्रममा टाटा मोटर्सका पार्टपुर्जाको पनि अवैध रूपमा कारोबार भेटिएको हो।

जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्यले टाटा मोटर्सका नक्कली पार्टपुर्जाको कारोबार गरेको भेटिएको हो।

त्यस्तै सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११ को मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहानले नक्कली पार्टपुर्जाको कारोबार गरेको भेटिएपछि प्रहरीले सम्झाईबुझाई गरेको हो।

नक्कली पार्टपुर्जाको प्रयोगले गाडी अप्रत्याशित दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्ने र राज्यलाई पनि राजस्व गुम्ने जोखिम हुने सरोकारवालाले औंल्याएका छन्।

प्रकाशित: १३ चैत २०७९ १६:४३ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast