संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्छ : सांसद बराल

हिमाल प्रेस १३ चैत २०७९ १३:३६
58
SHARES
संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्छ : सांसद बराल

काठमाडौँ- नेकपा एमालेकी सांसद सुनिता बरालले शिक्षा ऐन तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले शिक्षक, विद्यार्थीलगायत समग्र शैक्षिक विकासका लागि संघीय शिक्षा ऐन जारी गर्न ढिला गर्न नहुने बताएकी हुन्।

‘संविधानमा समाजवाद उल्लेख गरेका हामी नेपालीहरूको आजको शिक्षाको अवस्था के छ? आधारभूत शिक्षामा राज्यले दायित्व लिने प्रतिबद्धता किन यसरी भद्रगोल भएको छ? सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर किन सुधार हुन सकेको छैन?,’ उनले प्रश्न गरेकी छन्।

संविधान जारी गरेको ७ वर्ष बित्दा पनि संघीय शिक्षा ऐन आउन नसक्दा प्रदेश र स्थानीय तहका ऐन कानुनहरू बाझिँदा शिक्षा क्षेत्र तहसनहस भइसकेको उनको भनाइ छ।  सामुदायिक विद्यालयमा काम गर्ने कर्मचारी र पूर्व प्राथमिक तहमा पढाउने ईसीडी शिक्षकलाई न्यूनतम पारिश्रमिक समेत नभएको र उनीहरूलाई विद्यमान शिक्षा ऐनले समेत चिन्न नसकेको उनले उल्लेख गरेकी छन्।

संघीय शिक्षा ऐन जारी भए यस्ता समस्या समाधान हुनुका साथै विद्यालय व्यवस्थापन समित गठन, प्रधानाध्यापक नियुक्ति, दरबन्दी समायोजन, शिक्षक दरबन्दीको समस्या समाधानलगायतका काम सम्पन्न गर्न सहज हुने उनको बुझाइ छ।

सांसद बरालले नयाँ विश्वविद्यालय स्थापना र विश्वविद्यालय शिक्षाका विषय समेत भद्रगोल हुनु देशकै लागि दुर्भाग्य भएको बताएकी छन्। उनले उच्चस्तरीय शिक्षा आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन नभएको विषयमा पनि पश्न उठाएकी छन्।

प्रकाशित: १३ चैत २०७९ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =