नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन जना पक्राउ

हिमाल प्रेस १२ चैत २०७९ १९:२९ | Sunday, March 26, 2023
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन जना पक्राउ प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन्। विगत केही वर्षदेखि मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउँदै धेरै मान्छेलाई अमेरिका लैजाने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहले करिब १ हजार जना व्यक्तिलाई नक्कली शरणार्थी बनाउँदै अमेरिका पुर्‍याएको पाइएको छ। त्यसवापत प्रतिव्यक्ति ४० लाख रुपैयाँसम्म लिने गरेकोसमेत खुलेको छ।

प्रकाशित: १२ चैत २०७९ १९:२९ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast