‘बाघको बंगारा’ देखाउँदै सुरु हुने ‘किम्फ’

हिमाल प्रेस १२ मंसिर २०७९ ११:०४ | Monday, November 28, 2022
‘बाघको बंगारा’ देखाउँदै सुरु हुने ‘किम्फ’

काठमाडौँ- ‘काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)’को २० औँ संस्करण मंसिर २२ (डिसेम्बर ८) देखि सुरु हुने भएको छ।

मंसिर २६ (डिसेम्बर १२)सम्म हुने फिल्म महोत्सव काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ।

पाँचदिने महोत्सवमा यसपटक ३० देशका ६० भन्दा बढी फिल्म देखाइनेछन्। महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसनलगायत फिल्म देखाइनेछन्।

सन् २००० देखि सुरु भएको किम्फको १८औँ र १९औँ संस्करण कोभिड–१९ महामारीका कारण भर्चुअल भएको थियो। यसपालि भने दर्शकले महोत्सवमा भौतिक रूपमा सहभागी हुन पाउनेछन्।

‘दिगो शिखर सम्मेलन’ नारा रहेको किम्फ २०२२ को उद्घाटन समारोहमा वेब डकुमेन्ट्री सिरिज ‘हेर्ने कथा’ अन्तर्गतको ‘बाघको बंगारा’ प्रदर्शन गरिनेछन्। त्यस्तै महोत्सवको समापन ‘फ्लाई फ्रम एभरेस्ट’ फिल्मबाट हुनेछ।

महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रम हुनेछन्। किम्फ २०२२ को निर्णायक मण्डलमा जर्मन लेखक÷निर्देशक-निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक÷निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन्।

किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिनेछन्।

प्रकाशित: १२ मंसिर २०७९ ११:०४ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast