तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई

हिमाल प्रेस ११ चैत २०७९ २०:०८
6
SHARES
तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई

लुम्बिनी– बुटवलमा सम्पन्न २२ औं संस्कारणको तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले चुमेको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमिको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा सुदुरपश्चिम ११ लाई हराउँदै मनाङले उपाधि चुमेको हो।

खेलको निर्धारित समयमा समान १-१ गोल गरेपछि खेल पेनाल्टी सुटमा गएको थियो। पेन्नाल्टी सुटमा पनि समान दुवैले ४-४ गोल गरेपछि खेल सडेनडेथमा गएको थियो। खेलको ५४ औं मिनेटमा मनाङ मर्स्याङ्दीको टिमोथेले पहिलो गोल गदै खेलमा अग्रता दिलाएका थिए।

एक गोल खाएर रन्थनिएको सुदुरपश्चिम ११ले खेलको ७६ औं मिनेटमा खेलाडी फाल्गुराम थारूले उत्कृष्ट गोल गरेसँगै खेल बराबरीमा पुगेको हो। बाँकी अवधिमा दुवै टिमबाट गोल गर्ने प्रयास भएता पनि थप गोल कुनै टिमबाट हुन सकेन। अन्तत खेल ९ -८ को अन्तरमा मनाङले उपाधि उचालेको हो। उपाधि उचालेको मनाङले ११ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, गोल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन्। उपविजेता बनेको सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँमा चित्त बुझाएको हो।

प्रतियोगितामा विजेता र उपविजेतालाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पुरस्कार प्रदान गरे। ०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपमा मनाङले पहिलो पटक उपाधि उचालेको हो।प्रतियोगितामा उत्कृष्ट खेलाडी सुदुरपश्मिका फाल्गुराम थारू घोषित हुँदै स्कुटर पुरस्कार प्राप्त गरेका छन। बेष्ट गोलकिपरको रूपमा जियानाथ शेख पुरस्कृत भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =