२०७८ को जनगणनाको पूर्ण विवरण सार्वजनिक हुँदै

हिमाल प्रेस १० चैत २०७९ ७:०१ | Friday, March 24, 2023
२०७८ को जनगणनाको पूर्ण विवरण सार्वजनिक हुँदै

काठमाडौँ- नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ। २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्न लागेका हुन्।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन्।

यसको प्रारम्भिक नतिजा मात्र सार्वजनिक गरिएको छ। जनगणनाको पूरा विवरण नआएका कारण कतिपय तथ्यांकमा समेत २०६८ कै तथ्यांक राख्नु पर्ने अवस्था थियो।
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

केन्द्रीय तथ्यांक विभागले गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रारम्भिक विवरण अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको जनाएको छ।

प्रकाशित: १० चैत २०७९ ७:०१ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast