ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

हिमाल प्रेस ९ चैत २०७९ २१:२६ | Thursday, March 23, 2023
ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौँ- ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। उनीविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगोसहित र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हो।

धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो।

नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो। रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष हुँदा न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट तीन करोड २३ लाख रुपैयाँ अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ।

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मंसिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो। सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो। रासस

प्रकाशित: ९ चैत २०७९ २१:२६ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast