लागूऔषधसहित एक पक्राउ

हिमाल प्रेस ८ चैत २०७९ ८:२३ | Wednesday, March 22, 2023
लागूऔषधसहित एक पक्राउ

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ का ३० वर्षका कृष्ण हमाल रहेका छन्।

प्रहरीका अनुसार उनको कोठाबाट नर्फिन २०७ एम्पुल, डाइजेपाम २०७ एम्पुल र फेनेरागन २०७ एम्पुल गरी कुल ६२१ एम्पुल लागुऔषध बरामद भएको हो।

कास्की प्रहरी र लागुऔषध नियन्त्रण व्युरोको पोखरा शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका हमालमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ चैत २०७९ ८:२३ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast