अनलाइन हिंसा र अपमानित बोलीबारे कार्यशाला सम्पन्न

हिमाल प्रेस ७ चैत २०७९ २१:१९ | Tuesday, March 21, 2023
अनलाइन हिंसा र अपमानित बोलीबारे कार्यशाला सम्पन्न

काठमाडौँ- नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय संयोजकको कार्यालय र युनेस्को नेपालले अनलाइनमार्फत हुने हिंसा र अपमानित बोलीबारे स‌युक्त कार्यशाला आयोजना गरेका छन्।

नेपालमा डिजिटल हिंसा र अपमानित बोलीको स्थिति उजागर गर्ने, सो विरुद्ध लड्ने र न्यूनीकरण प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

संयुक्त राष्ट्र संघको कार्यालय नेपालले सरकार र नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा प्रमाणमा आधारित कार्यशाला गरिएको जानकारी दिएको छ।

कर्यशालामा अपमानित बोलीका कारण र परिणामहरूबारे छलफल गरिएको थियो। कार्यशालामा नेपालका लागि संयुक्त राष्ट्र संघको आवासीय संयोजक हाना सिंगर हाम्डीले आक्रामक रूपमा बढिरहेको डिजिटलाइजेसनमा सुरक्षित हुन महत्त्वपूर्ण रहेको बताइन्। ‘समाजका विभिन्न समूहहरूले अपमानित सामग्रीमार्फत आक्रमण गर्न र प्रचार गर्न अनलाइन प्लेटफर्महरू प्रयोग गर्छन्। हानि निम्त्याउने र हिंसात्मक बन्न सक्छ,’ उनले भनिन्।

यसले सामाजिक एकतालाई कमजोर बनाउने पनि उनको भनाइ थियो। यसको न्यूनीकरणका लागि सरकार, नागरिक समाज र प्राविधिक कम्पनीहरूबीच प्रभावकारी साझेदारी हुनुपर्ने उनले औंल्याइन्।

प्रकाशित: ७ चैत २०७९ २१:१९ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast