काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बसिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
घनश्याम भुसाल महासचिव भएपश्चात् पहिलो पटक पार्टीको सचिवालय बैठक बसेको हो। यसअघिको बैठकले उनलाई महासचिवमा चयन गरेको थियो।
प्रकाशित: ७ चैत २०७९ ११:४७ | Tuesday, March 21, 2023
प्रतिक्रिया





