अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ : प्रदेश प्रमुख गुरुङ

हिमाल प्रेस ७ चैत २०७९ ८:०४ | Tuesday, March 21, 2023
अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन्।

सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे।

प्रदेश प्रमुख गुरुङले देशी–विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखे। ‘देशमा राजनीतिक स्थायित्व भए ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अर्थतन्त्र पनि उकासिन्छ’, उनले भने, ‘उद्योग, व्यवसायको प्रवर्द्धनमा राजनीतिक नेतृत्व र राज्य संयन्त्र सहयोगी बन्नुपर्छ।’

देशमै रोजगार सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको प्रदेश प्रमुख गुरुङले बताए।

प्रकाशित: ७ चैत २०७९ ८:०४ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast