पेट्रोल पम्पमा डिजिटल कारोबार गर्न माछापुच्छ्रे बैंकको पहल

हिमाल प्रेस ६ चैत २०७९ २१:४६ | Monday, March 20, 2023
पेट्रोल पम्पमा डिजिटल कारोबार गर्न माछापुच्छ्रे बैंकको पहल

काठमाडौँ- पेट्रोल पम्पहरूमा डिजिटल कारोबार गर्न माछापुच्छ्रे बैंकले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्झौता गरेको छ।

सम्झौतामा एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बैंकका उच्चपदस्थ अधिकारीसहित एसोसिएसनका पदाधिकारीहरूको पनि उपस्थिति थियो।

सम्झौताअनुसार एसोसिएसनमा आबद्ध पेट्रोल पम्पहरूले पोस मेसिन, क्यूआरलगायतका डिजिटल भुक्तानी उपकरणको प्रयोग गर्नुपर्नेछ। डिजिटल भुक्तानीमार्फत ग्राहकले इन्धन खरिद गर्न सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले ग्रीन इकोनोमीलाई टेवा पुर्‍याउने बैंकको रणनीति अनुरूप बैंकले विभिन्न संघसंस्थाहरूसँग समन्वय गरिरहेको बताए। बैंकले डिजिटल कारोबारका लागि विभिन्न संघसंस्थाहरूसँग सम्झौता गरिरहेको उनको भनाइ थियो।

त्यस्तै एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै २ खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आबद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको बताए। पेट्रोलियम पदार्थको बिक्री गर्ने विक्रेता एंव खरिदकर्ता दुवै पक्षले क्यूआरकोडमार्फत भुक्तानी गर्दा डिजिटल अर्थतन्त्रमा सहयोग पुग्ने पनि बताए।

सम्झौताअनुसार बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरूमा डिजिटल सचेतना कार्यक्रमहरु पनि सञ्चालन गर्नेछ।

प्रकाशित: ६ चैत २०७९ २१:४६ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast