कलाकारको खोजीमा ‘भगवत् गीता’

हिमाल प्रेस ११ मंसिर २०७९ १५:५३ | Sunday, November 27, 2022
कलाकारको खोजीमा ‘भगवत् गीता’

काठमाडौँ- अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा रहेको फिल्म ‘भगवत् गीता’ले कलाकारको खोजी गर्दैछ।

फिल्म निर्माण पक्षले ८ देखि १० वर्ष उमेरका एक बालकलाकार र २० देखि २५ वर्ष उमेरका एक युवा कलाकारको खोजी गरिरहेको छ।

इच्छुकले एक मिनेट लामो आफ्नो परिचयात्मक भिडियो निर्माण टिमलाई पठाउनुपर्नेछ। आफ्नो सम्पर्क नम्बरसहित आवेदन डिसेम्बर ७ सम्म बुझाउनुपर्ने निर्माण पक्षको भनाइ छ।

झरना थापाको निर्देशनमा बन्ने फिल्म वैशाख १ मा प्रदर्शनमा आउनेछ।

केही समयअघि फिल्म विवादमा परेको थियो। फिल्मविरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको थियो।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्मले हिन्दुको धार्मिक आस्थामा आघात पुर्‍याएको भन्दै हिन्दू जागरण नेपालले फिल्मविरुद्ध बोर्डमा उजुरी दिएको थियो।

प्रकाशित: ११ मंसिर २०७९ १५:५३ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast