जसपाको विधान अधिवेशन मूल समितिको बैठक बस्दै

हिमाल प्रेस ६ चैत २०७९ ७:१८ | Monday, March 20, 2023
जसपाको विधान अधिवेशन मूल समितिको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक चैत ७ गते बस्ने भएको छ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको सो बैठक बस्ने भएको हो।

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए।

जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसको छ। चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिई सकेको छ। जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: ६ चैत २०७९ ७:१८ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast