लामो खडेरीपछि ढोरपाटनमा हिमपात

हिमाल प्रेस ५ चैत २०७९ १६:३९ | Sunday, March 19, 2023
लामो खडेरीपछि ढोरपाटनमा हिमपात

ढोरपाटन- बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो। हिमपातका कारण चिसो बढेको छ।

हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ। स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको बताए। हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए।

हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ। ‘हिजो बुटवलदेखि बसमा पर्यटक आएका थिए। हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्,’ उनले भने, ‘पछि पिकअपले ल्यायो।’

हिमपातकै कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए। अघिल्लो वर्ष पुस माघमै चार-पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष चैत लागेपछि मात्रै ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो। रासस

प्रकाशित: ५ चैत २०७९ १६:३९ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast