७ अंकले घट्यो नेप्से, कारोबार १ अर्बमा सीमित

हिमाल प्रेस ५ चैत २०७९ १५:१५ | Sunday, March 19, 2023
७ अंकले घट्यो नेप्से, कारोबार १ अर्बमा सीमित

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ६.९० अंकले घटेको छ। १९३३ बिन्दुबाट सुरु भएको बजार ३७ मिनेटपछि १९३९ बिन्दुमा उक्लिएको थियो। त्यसपछि घटेको बजार १९२६.४० बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबार रकममा पनि गिरावट आएको छ। कुल २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएकामध्ये १२७ कम्पनीको मूल्य घटे पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आज मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावर लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लाग्यो। कारोबार रकमका हिसाबले आइतबार हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा छ। यसको ६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो नम्बरमा रहेको शिवम् सिमेन्टको ४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: ५ चैत २०७९ १५:१५ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast