कोभिडका सक्रिय संक्रमित बढ्दै

हिमाल प्रेस ३ चैत २०७९ २१:३५ | Friday, March 17, 2023
कोभिडका सक्रिय संक्रमित बढ्दै

काठमाडौँ– कोभिड भाइरसको सक्रिय संक्रमित फेरि बढ्न थालेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय संक्रमित बढिरहेका छन्।

फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते सक्रिय संक्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारमात्र ६ जना नयाँ संक्रमित र २० सक्रिय संक्रमित रहेका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय संक्रमित बढेको बताए।

कोभिड भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन मन्त्रालयले निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ।

प्रकाशित: ३ चैत २०७९ २१:३५ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast