काठमाडौँ- प्रभु बैंकले सीजी मोटर्सको विद्युतीय सवारीसाधनमा सहुलियत कर्जा दिने भएको छ।
कर्जा सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्।
सम्झौतामा सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डको विद्युतीय सवारीसाधन खरिदमा छिटो, छरितो र सहजरूपमा सवारी कर्जा उपलब्ध गराउने उल्लेख गरिएको छ।
यो कर्जा बैंकको देशभरी नै रहेका ३६५ शाखाबाटै उपलब्ध हुनेछ।
प्रकाशित: ३ चैत २०७९ १६:४१
प्रतिक्रिया