काठमाडौँ- ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टबाट सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन्। मेट्रो मार्टका काठमाडौँभित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत भुक्तानी गरी सामान किन्दा ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका हुन्।
बैंकले पहिलो पटकको खरिदमा १०० रुपैयाँसम्म र योजना अवधिभर ३०० रुपैयाँसम्म छुट पाउने पनि उल्लेख गरेको छ।
योजना सिमित अवधिका लागि काठमाडौँ उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोलास्थित स्टोरहरूमा लागू हुने बैंकले बताएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामै सेवा दिँदै आएको छ।
प्रकाशित: २ चैत २०७९ २०:५२ | Thursday, March 16, 2023
प्रतिक्रिया



