ताइवान निर्वाचन : सत्ताधारी नेतृद्वारा राजीनामा

हिमाल प्रेस ११ मंसिर २०७९ ६:१० | Sunday, November 27, 2022
ताइवान निर्वाचन : सत्ताधारी नेतृद्वारा राजीनामा

काठमाडौँ– ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ।

मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ-वेनको प्रयासको विफलताका रूपमा हेरिएको छ।

यसैबीच ताइवानकी नेतृ त्साईले आफ्नो दलले स्थानीय निर्वाचनमा पराजय भोगेपछि सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्।

ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुन्। उनले शनिबार सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो दलले अनपेक्षित पराजय भोगेपछि सत्तारुढ दलको प्रमुख पदबाट राजीनामा दिएकी हुन्।

‘निर्वाचनको परिणाम सोचेजस्तो आएन। मैले सबै जिम्मेवारी वहन गर्नुपर्छ र म तुरुन्तै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) को अध्यक्ष पदबाट राजीनामा दिएकी छु,’ उनले भनिन्।

त्साई स्वशासित ताइवान टापुको राष्ट्रपतिको रूपमा रहिरहने गरी पार्टीको नेतृत्वबाट राजीनामा दिएकी हुन्।

प्रकाशित: ११ मंसिर २०७९ ६:१० | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast