उपराष्ट्रपति निर्वाचनको नमुना मत पत्र सार्वजनिक

हिमाल प्रेस १ चैत २०७९ २१:१७ | Wednesday, March 15, 2023
उपराष्ट्रपति निर्वाचनको नमुना मत पत्र सार्वजनिक निर्वाचन आयोग

काठमाडौँ– निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मत पत्रको नमुना सार्वजनिक गरेको छ। उक्त निर्वाचनका लागि दुई प्रकारको मत पत्रको व्यवस्था गरिएको छ।

संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मत पत्र छपाइ गरिएको छ।

मत पत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ। उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी ४ उम्मेदवार छन्।

संघीय संसद् र प्रदेशसभाका सदस्यले मत पत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्ने छ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन्। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ। यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

प्रकाशित: १ चैत २०७९ २१:१७ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast