एमाले राष्ट्रियसभा दलको नेतामा दाहाल

हिमाल प्रेस १ चैत २०७९ ९:१७ | Wednesday, March 15, 2023
एमाले राष्ट्रियसभा दलको नेतामा दाहाल

काठमाडौँ- नेकपा एमालेले राष्ट्रियसभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ।

ओलीले मंगलबार दाहाललाई मनोनीत गरेका हुन्। यसअघि एमालेको संसदीय दलको नेता राष्ट्रियसभामा रिक्त थियो। संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाका अनुसार एमालेले प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठलाई नियुक्त गरेको पत्र संसद् सचिवालयमा पठाएको छ।

यता, प्रतिनिधिसभाको संसदीय दलको नेतामा ओली नै चयन भएका छन्। गत शुक्रबार ओलीले  संसदीय दलको उपनेतामा सुवास नेम्बाङ र प्रमुख सचेतकमा पदम गिरी नियुक्त गरेका थिए। दलको तर्फबाट प्रतिनिधिसभाको सचेतकमा महेश बर्तौला चयन भएका छन्।

प्रकाशित: १ चैत २०७९ ९:१७ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast