समानुपातिकमा एमालेले कटायो २१ लाख मत, कसको कति?

हिमाल प्रेस १० मंसिर २०७९ १८:२५ | Saturday, November 26, 2022
समानुपातिकमा एमालेले कटायो २१ लाख मत, कसको कति? मतगणनाको प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमाले २१ लाख मत कटाएको छ। एमालेले २१ लाख दुई हजार ३३४ मतसहित अग्रता लिइरहँदा कांग्रेसले २० लाख २४ हजार ७२५ मत ल्याएको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको आठ लाख ९५ हजार ३६३ मत ल्याएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी आठ लाख ६१ हजार ७०५ मतसहित चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ५९ हजार ९२९, जसापाले दुई लाख ४९ हजार ४९३, एकीकृत समाजवादीले एक लाख ९५ हजार ३९ मत ल्याएका छन्।

जनमत पार्टीले एक लाख ७८ हजार ३८४, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार ८७५ र लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख चार हजार मत ल्याएको छ।

प्रकाशित: १० मंसिर २०७९ १८:२५ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast