तरुण दलको परिपत्र : स्ववियु चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउनू

हिमाल प्रेस ३० फागुन २०७९ ७:२३ | Tuesday, March 14, 2023
तरुण दलको परिपत्र : स्ववियु चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउनू

काठमाडौँ- नेपाल तरुण दलले नेविसंघसँग गठबन्धन गरेका साझा उम्मेदवारलाई स्ववियु चुनावमा जिताउन निर्देशन दिएको छ।

अध्यक्ष विद्वान गुरुङले ७७ जिल्लामै परिपत्र गर्दै स्ववियुमा नेविसंघ र नेविसंघसँग गठबन्धन गरी खडा गरिएका उम्मेदवार जिताउन भूमिका खेल्न निर्देशन दिइएको उल्लेख छ।

‘स्ववियु चुनावमा नेविसंघसँग गठबन्धन गरेका विद्यार्थी संगठनका साझा उम्मेदवारहरुलाई विजय गराउन आवश्यक भूमिका खेल्न नेपाल तरुण दल केन्द्रीय समिति दलका सम्पूर्ण जिल्ला समितिहरुलाई आग्रह गर्दछ,’ परिपत्रमा भनिएको छ।

स्ववियु चुनावमा जिल्लाभित्रका तरूण दललाई परिचालन गर्नसमेत अध्यक्ष गुरूङले निर्देशन दिएका छन्। यही चैत ५ मा स्ववियु चुनाव हुँदैछ।

 

प्रकाशित: ३० फागुन २०७९ ७:२३ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast