उपराष्ट्रपतिकी उम्मेदवार प्रमिलाले उम्मेदवारी फिर्ता लिने

हिमाल प्रेस २९ फागुन २०७९ १२:४८ | Monday, March 13, 2023
उपराष्ट्रपतिकी उम्मेदवार प्रमिलाले उम्मेदवारी फिर्ता लिने

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)को तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिने भएकी छन्।

यादवले सोमबार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने जनाएकी छन्।

उनले एक विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन्।

विज्ञप्तिमा उनले स्वच्छ छवि र उच्च विचारका रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन्।

उनले आफ्नो उम्मेदवारी प्राविधिक रूपमा हुन गएको भन्दै रामसहाय यादवलाई समर्थन गरेको स्पष्ट पारेकी छन्। यादवले उम्मेदवारी फिर्ता लिएसँगै अब तीन जनाबीच मात्र प्रतिस्पर्धा हुने भएकाे छ। सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २९ फागुन २०७९ १२:४८ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast