राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्यबाट दिए राजीनामा

हिमाल प्रेस २९ फागुन २०७९ १२:३५ | Monday, March 13, 2023
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्यबाट दिए राजीनामा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन्। उनले सभामुखसमक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन्।

गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। उनले पार्टीबाट समेत राजीनामा दिइसकेका छन्। फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

प्रकाशित: २९ फागुन २०७९ १२:३५ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast