उपराष्ट्रपतिमा रामसहायलाई सघाउने माधव नेपालको प्रतिबद्धता

हिमाल प्रेस २९ फागुन २०७९ १०:४८
6
SHARES
उपराष्ट्रपतिमा रामसहायलाई सघाउने माधव नेपालको प्रतिबद्धता

काठमाडौँ- उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसगँ भेट गरी सहयोगको आग्रह गरेका छन्। यादवले सोमबार बिहान नेपाल निवास पुगेर उपराष्ट्रपतिमा आफूलाई निर्वाचित गराउन आग्रह गरेका हुन्।

जवाफमा अध्यक्ष नेपालले पूर्णरूपले समर्थन गर्ने  प्रतिबद्धता जनाएका थिए। नेपालको सचिवालयका एक सदस्यले भने, ‘अध्यक्षज्यूले यादवलाई पूर्ण रूपमा सहयोग गर्ने वचन दिनुभएको छ।’ जसपाबाट उपराष्ट्रपतिका लागि दुई उम्मेदवार बनेपछि दुवै नेताको दौडधुप बढेको छ। यसका लागि उम्मेदवारद्वय विभिन्न दलका नेताहरूको घरदैलामा व्यस्त छन्।

जसपाले  रामसहायप्रसाद र प्रमिलाकुमारी यादवमध्ये को आधिकारिक उम्मेदवार भन्ने नखुलाएपछि मतदाताहरू नै अन्योलमा परेका छन्। रामसहायप्रसाद यादव सत्ता गठबन्धनको समेत उम्मेदवार रहेको  दाबी जसपा नेताहरूको छ।

जसपा सांसद प्रदीप यादवले रामसहायप्रसादले जित्ने निश्चित रहेको दाबी गरे। उपराष्ट्रपतिमा चार उम्मेदवार छन्। जसपाका दुईसहित एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन्। उपराष्ट्रपतिको चुनाव चैत ३ मा हुँदैछ।

प्रकाशित: २९ फागुन २०७९ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =