प्रधानमन्त्रीले कहिले लेलान् विश्वासको मत?

हिमाल प्रेस २९ फागुन २०७९ ७:२० | Monday, March 13, 2023
प्रधानमन्त्रीले कहिले लेलान् विश्वासको मत?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी गरेका छन्। उनले उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने तयारी गरेका हुन्।

गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ। त्यसभित्र नेपाली कांग्रेसहितका दलहरूलाई सरकारमा सहभागी गराएर प्रचण्ड विश्वासको मत लिने तयारीमा जुटेका छन्।

चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि गठबन्धनका दलहरू सरकार विस्तारसहितको काममा लाग्ने र चैत ८ गते प्रतिनिधिसभाबाट दाहालले विश्वासको मत लिने तयारीमा जुटेको स्रोतको दाबी छ। सोही अनुसार सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि चैत ८ गतेसम्मका लागि सूचना जारी गरी स्थगित गरिएको छ।

गत पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका हुन्। तर दल विभाजन भएमा वा कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

प्रकाशित: २९ फागुन २०७९ ७:२० | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast