रामसहायप्रसादले नै दर्ता गराए उम्मेदवारी, माओवादी र एकीकृत समाजवादीका नेताको साथ

उपराष्ट्रपतिमा मनोनयन

हिमाल प्रेस २७ फागुन २०७९ १३:२६ | Saturday, March 11, 2023
रामसहायप्रसादले नै दर्ता गराए उम्मेदवारी, माओवादी र एकीकृत समाजवादीका नेताको साथ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।

शनिबार जसपाका सांसद यादवले बानेश्वरस्‍थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगले पुरुष उम्मेदवारले दर्ता गर्न नमिल्ने बताए पनि यादवले दर्ता गराएका छन्। उनले उम्मेदवारी दर्ता गर्न पाउँदा खुसी लागेको बताएका छन्। यादवका प्रस्तावक अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। यस्तै रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक छन्।

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उपस्थित छैनन्।

१० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनाको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो। जसपाबाट रामसहाय यादव, प्रमिला यादव र जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो। प्रमिलाले केही समयपछि दर्ता गराउने भएकी हुन्।

प्रकाशित: २७ फागुन २०७९ १३:२६ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast