प्रधानमन्त्रीलाई भेटिन् बेलायतकी राज्यमन्त्रीले

हिमाल प्रेस २६ फागुन २०७९ ११:३९ | Friday, March 10, 2023
प्रधानमन्त्रीलाई भेटिन् बेलायतकी राज्यमन्त्रीले

काठमाडौँ- बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेकी छिन्।

विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन्। भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल-बेलायत मैत्री सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो। यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन्। उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ।

राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले बिहीबार एक कार्यक्रमसमेत आयोजना गरेको थियो।

प्रकाशित: २६ फागुन २०७९ ११:३९ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast