काठमाडौँ- आज (शुक्रबार) सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ।
शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम रहेको छ।
अघिल्लो दिन बिहीबार मात्रै प्रतितोला १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा स्थिर रहेको छ।
प्रकाशित: २६ फागुन २०७९ ११:०७
प्रतिक्रिया