नवनिर्वाचित राष्ट्रपतिलाई ओलीले दिए आज मात्र बधाई

हिमाल प्रेस २६ फागुन २०७९ ८:३४ | Friday, March 10, 2023
नवनिर्वाचित राष्ट्रपतिलाई ओलीले दिए आज मात्र बधाई फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

आज बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमाय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

हिजो भएको राष्ट्रपतिको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले फागुन २९ गते शपथ ग्रहण गर्नेछन्।

प्रकाशित: २६ फागुन २०७९ ८:३४ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast