काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्।
बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिने पर्नेमा जोड दिएका थिए।
उनले नेताहरूले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
प्रकाशित: २५ फागुन २०७९ १३:३८
प्रतिक्रिया