राष्ट्रपति निर्वाचन अपडेट : ६०३ सांसदले गरे मतदान

हिमाल प्रेस २५ फागुन २०७९ १३:१४
6
SHARES
राष्ट्रपति निर्वाचन अपडेट : ६०३ सांसदले गरे मतदान राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्बाङ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- राष्ट्रपति निर्वाचनको मतदान अहिले जारी छ। संघीय सांसद र प्रदेश सांसदहरू मतदान गरेर फर्किरहेका छन्। निर्वाचन आयोगका अनुसार दिउँसो साढे १२ बजेसम्म ६०३ सांसदले मतदान गरेका छन्।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन्। राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ । संघीय संसद् र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन्।

राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन्। नेकपा एमालेले भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २५ फागुन २०७९ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =