प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताले गरे मतदान

हिमाल प्रेस २५ फागुन २०७९ ११:४३
2
SHARE
प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताले गरे मतदान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन्। संसद् भवन बानेश्वर पुगेर केही समयअघि मात्रै प्रचण्डले मतदान गरेका हुन्। उनीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरेका हुन्।

यसअघि राष्ट्रपतिको दुवै रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मतदान गरिसकेका छन्। मतदान दिउँसो ३ बजेसम्म चल्ने छ भने मतदान सकिएको ४ घण्टामै नतिजा घोषणा गर्ने तयारी छ।

 

प्रकाशित: २५ फागुन २०७९ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =