काठमाडौँ- मोबाइल फोनलगायत डिजिटल च्यानलहरूमार्फत विश्वव्यापी सेवा दिँदै आएको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपालमा सिधै आइएमई पे वालेटमै पाउन सकिने भएको छ। उक्त सुविधाले ग्राहकलाई रेमिट्यान्स पाउन सहज हुने आइएमई पेले जानकारी दिएको छ।
‘आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम बिना झन्झट् सहजै प्राप्त गर्न मिल्ने उद्देश्यले यो सेवा विस्तार गरिएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फस्र्यौट ऐन २०७५ अनुसार आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति अनुसार सेवा दिँदै आएको छ।
                            प्रकाशित: २४ फागुन  २०७९ १६:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

