मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको छैन : प्रधानमन्त्री

हिमाल प्रेस २३ फागुन २०७९ १८:१५
16
SHARES
मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको छैन : प्रधानमन्त्री फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएपछि प्रचण्डले यस्तो बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मुस्ताङका स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको जानकारी आफूले पाएको बताएका हुन्।

एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले चर्चाको विषयमा कसैलाई आरोप-प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए।

त्यस्तै उनले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सके मुलुकको आर्थिक स्थितिमा आमुल परिवर्तन ल्याउन सकिने बताए।

‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा-परिचर्चा हुने गरेको छ। मुस्ताङमा युनिभर्सिटी खोल्ने रे। मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ। मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको पनि छ। मुस्ताङमा अमूल्य खनिज पदार्थ छन्,’ उनले भने, ‘त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रोसेस मात्रै हामीले ठिक ढंगले गर्न सक्यौँ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन्‌।’

खनिजबाहेक हिजोआज अन्य विषयमा पनि मुस्ताङबारे चर्चा भएको उनको भनाइ छ।

‘मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाँही धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन,’ उनले भने, ‘तर जे भए पनि मुस्ताङको चर्चा यतिधेरै किन गर्छन्। मैले कसैलाई अरोप र प्रत्यारोप गर्न खोजेको पनि होइन।मुस्ताङको चर्चा आउने वित्तिकै अलि बढी हामी नेपालीहरू संवेदनशील किन हुने गर्छौँ भने हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता बस्तुहरू खनिजहरु छन्।’

प्रकाशित: २३ फागुन २०७९ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast